(Friday , 10 May,2024)

सन्दीप आबद्ध सर्रे र टोरन्टोबीचको खेल आज

author

Anonymous

Image 1

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले आफ्नो तेस्रो खेल आज मंगलबार खेल्दैछ । 

जगुआर्सले टोरन्टो नेशनलसँग नेपाली समय अनुसार बेलुका पौने ९ मा ब्रैम्प्टनमा खेल्नेछ ।

तेस्रो खेल खेल्दै गरेको जगुआर्स पहिलो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल बर्षाका कारण रद्द भएको थियो ।

टोरन्टो तेस्रो खेलमा दोस्रो जित हात पार्न चाहन्छ ।  

सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन्।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal