(Friday , 10 May,2024)

उपाधीका लागि भारत र पाकिस्तान भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए आज आईतबार भिड्दै छन् ।

दुई टोलीबीचको खेल श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा हुदैछ 

नेपाली समय अनुसार दिउसो सवा दुईबाट खेल सुरु हुनेछ ।

पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । 

प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal