(Friday , 10 May,2024)

सन्दीपको टिममाथि दीपेन्द्रको टोली विजयी

author

Anonymous

Image 1

काठमाडौं । ग्लोबल टी(ट्वान्टी क्यानडा लिगमा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सरे जगुआर्सद्वारा नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईर्गसलाई पराजित गरेको छ । 

शनिबार बिहान  क्यानडाको ब्रैम्प्टनमा सम्पन्न खेलमा दीपेन्द्रलाई आबद्ध टाईगर ५ विकेटले विजयी भएको हो । 

जगुआर्सले दिएको १ सय ३७ रनको लक्ष्य टाईगर्सले १८ दशमलब ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । 

त्यसअघि पहिले ब्याटिङ गरेको जगुआर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । 

टाईगर्सका लागि बलिङमा मौका नपाएका दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा २२ बलमा २८ रनको महत्वपुर्ण योगदान गरे । ऐरीले २ चौका प्रहार गरेका थिए ।

ऐरी सहित २ जनालाई आउट गरेका सन्दीपले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिएका थिए । बंगलादेशका अलराउन्डर साकिब अल हसनलाई सन्दीपले आउट गराएका थिए । 

सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन् । 

उता, दीपेन्द्र आबद्ध टाईगर्समा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् । 

दुवै खेलाडीको अन्तर्राष्ट्रिय प्रदर्शन अनुसार प्लेईङ(११ मा स्थान बनाउने पक्का जस्तै रहेको छ ।

दुवै टोलीको प्रतियोगितामा पहिलो खेल हो । दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । 

प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal