(Saturday , 11 May,2024)

नेपालको वरीयता यथावत

author

Anonymous

Image 1

काठमाडौं ।  विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० को नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा १७५ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५५ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १८९ औं स्थानमा रहेको छ ।  पाकिस्तान २०१ औं स्थानमा रहदा श्रीलंका २०४ औं स्थानमा छ ।

अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत रहेको छ ।

विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ । 

यस्तै इंग्ल्यान्ड चौंथो स्थानमा र  बेल्जियम पाँचौं स्थानमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal