(Friday , 10 May,2024)

फिफा महिला विश्वकप : न्युजिल्याण्डको विजयी सुरुआत

author

Anonymous

Image 1

काठमाडौं । न्युजिल्याण्डले फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुआत गरेको छ ।

इडेन पार्कमा बिहीबार भएको उद्घाटन खेलमा नर्वेलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोली न्युजिल्याण्डले सुखद सुरुआत गरेको हो ।

न्युजिल्याण्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरिन् । विल्किन्सनले खेलको ४८ औं मिनेटमा गोल गरिन् ।

जितसँगै समूह ए को न्युजिल्याण्डले तीन अंक जोडेको छ । नर्वेले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ल

प्रतियोगिता अन्तर्गत बिहीबार अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal