(Friday , 10 May,2024)

खेलकुद मन्त्रीले फुटबल नबुझेपछि ...

author

Anonymous

Image 1

काठमाडौं । कुरो नबुझेपछि हुने जोकरनै रहेछ । अझ मन्त्री जस्तो गरिमामय पदमा बसेकाले बुझेर बोल्न पर्ने हो । तर मन्त्रीलेनै कुरा नबुझेर बोलेपछि हुने त जोकरनै हो । 

अझ सम्बन्धित मन्त्रीमा विषय विज्ञता भएन भने सम्बन्धित क्षेत्रले के अपेक्षा गर्ने रु

त्यही हविगत खेलकुदमा देखिएको छ । 

मंगलबार होटल सोल्टीमा फुटबल संघको कार्यक्रम थियो । मुख्य अतिथी थिए, खेलकुद मन्त्री डिगबहादुर लिम्बु । बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन गर्ने कार्यक्रम थियो । 

प्रायोजन सम्झौतापछि खेलकुद मन्त्री लिम्बुलाई बोल्नका लागि आग्रह गरियो । मन्त्री लिम्बुले मन्तब्य राख्ने क्रममा अष्ट्रेलिया र न्युजिल्याण्डमा जितेर आउन महिला खेलाडीलाई आग्रह गरे ।

बिहीबारदेखि अष्ट्रेलियामा महिला विश्वकप सुरु हुदैछ । त्यो विश्वकपमा न त नेपाल छ, न महिला टिम अष्ट्रेलिया, न्युजिल्याण्डनै जादैछ ।

तर मन्त्री लिम्बुले महिला खेलाडीलाई शुभकामना दिदै भने, ‘अष्ट्रेलिया खेल्न जाने क्रममा हुनुहुन्छ । न्युजिल्याण्ड खेल्न जाने क्रममा हुनुहुन्छ । जितेर आउनुुहुन्छ भनेर पूर्ण विश्वास गर्न चाहन्छु । उच्च मनोबलका साथ खेल्नु होला । जित हासिल गर्नुस् ।’

नेपालको महिला टिम विश्वकप छनोटमा निरन्तर असफल हुदै आएको छ । कमजोर घरेलु संरचना र योजना विहीन फुटबल यात्राका कारण नेपालका लागि विश्वकप ‘आकाशको फल’कै रुपमा छ । तर खेलकुदको विभागीय जिम्मेवारी सम्हालेका मन्त्रीनै आफ्नो देशको फुटबलको अवस्थाबारे जानकार नहुनु लाजमर्दो कुरा हो ।

आफ्नै देशको फुटबल अवस्थाबारे नबुझेका मन्त्रीले खेलकुदमा कसरी नीतिगत सुधार गर्लान् भन्ने संशय पैदा भएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal