(Friday , 10 May,2024)

मैत्रीपूर्ण खेलमा बायर्नद्वारा विपक्षीको पोस्टमा २७ गोल

author

Anonymous

Image 1

म्युनिख । बायर्न म्युनिखले पहिलो प्रि–सिजन खेलमा एमेचुअर टोली रोटाच एर्गनलाई २७–० को विशाल अन्तरले हराएको छ ।

एकतर्फी खेलमा बायर्नका १३ खेलाडीले गोल गरेका थिए जसमा जमाल मुसियाला, माथेयस टेल र मार्सेल साबिट्जरले ५–५ गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा नै १८ गोल खाएको एर्गनले बायर्नलाई दोस्रो हाफमा ९ गोलमा सीमित गर्न सफल भएको थियो । सर्जी ग्नाब्रीले ह्याट्रिक पुरा गरे भने अल्फोन्सो डेभिस, कोनराड लाइमेर, नौसेर माजारोई, डायोट उपामेकानो, लेरोय साने, राफायल गुरेरो, रायन ग्राभेनबर्च, किंग्सले कोमान र साडियो मानेले गोल गरेका थिए ।

बायर्नले यही टोलीलाई सन् २०१९ मा २३–० गोलअन्तरले पराजित गरेको थियो । बायर्नले यसपछि म्यानचेस्टर सिटी, लिभरपुल र मोनाकोसँग प्रि–सिजन मैत्रीपूर्ण खेलहरू खेल्ने तालिका रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal