(Friday , 10 May,2024)

महिला फुटबल टिमलाई यूनिलिभरको २५ लाखको प्रायोजन

author

Anonymous

Image 1

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन सहयोग गरेको छ । 

युनिलिभरले महिला फुटबल टिमलाई २५ लाख रुपैयाँको प्रायोजन गरेको हो । युनिलिभरका प्रबन्ध निर्देशक अमलाल मुखर्जी र अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सम्झौता पत्रमा हस्ताक्षर गरे । 
सम्झौताको अवधि एक वर्षको रहेको बताईएको छ । 

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा युनिलिभरको सहयोगका लागि धन्यवाद दिए ।

नेपालको महिला फुटबलको विकासमा युनिलिभरले प्रायोजन गरेको युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले बताए । 

नेपालको महिला फुटबल टिम भर्खरै बंगलादेशमा दुई मैत्रीपूर्ण सिरिजको उपाधि जितेर फर्किएको हो । नेपालको महिला फुटबल एन्फा र नीजि क्षेत्रको उपेक्षामा पर्दै आएको छ ।

नेपालका महिला खेलाडीले गत वर्ष लिगनै खेल्न पाएनन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal