(Friday , 10 May,2024)

सावित्राको गोलमा नेपालको बराबरी

author

Anonymous

Image 1

काठमाडौं । सावित्रा भण्डारीको इन्जुरी समयको गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । 

बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । 

खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लिएको थियो । हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीलाई बचाएकी थिईन् । 

उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । 

एशियाडको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल विदेश गएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आईतबार खेल्नेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal