(Saturday , 11 May,2024)

इमर्जिङ टिम्स एसिया कप : नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

author

Anonymous

Image 1

२९ असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।

रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हरिसले गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका खेलाडीहरु छन् ।

कप्तान हरिसले पाकिस्तानका लागि ५ ओडिआई र ९ टी-२०आई खेलिसकेका छन् । अनुभवी पाकिस्तान विरुद्ध नेपालले आफ्नो परीक्षण गर्नेछ । इमर्जिङ कपको साविक विजेता पाकिस्तान ‘ए’ पहिलो खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्यमा छ ।

२०१९ मा उपाधि जित्दाका अमद बट र ओमाइर युसुफ अहिले पनि पाकिस्तान ‘ए’ मा छन् । यस्तै सिनियर टिमबाट खेलिसकेका कमरान घुलाम, मोहमम्द वासिम जुनियर, सइम अयुब, शाहनावज दाहनी र तय्याब ताहिर पनि पाकिस्तान ए टिममा छन् ।

प्रतियोगिता खेल्न जानुअघि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानको टोलीमा अनुभवी खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । श्रीलंका पुगेपछि रोहितले नेपाली खेलाडीका लागि यो प्रतियोगितामा राम्रो अवसर भएको भन्दै हरेक खेल खेल्दा जितको मानसिकतासहित खेल्ने पनि बताएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal