(Friday , 10 May,2024)

बंगलादेशविरुद्धको खेलअघि साम्बाको पुनरागमनले उत्साही नेपाली टोली

author

Anonymous

Image 1

काठमाडौँ । हाल बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेल बिहीबार आयोजक राष्ट्रसँग खेल्दैछ । 

खेल बंगलादेशको राजधानी ढाकास्थित रंगशालामा खेलिने छ । खेल साँझ ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान ओर्लने छ । बंगलादेश भने मुख्य स्ट्राइकर सविना खातुनको कप्तानीमा रहने छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबारको खेल प्रतिस्पर्धात्मक हुने बताए । 

मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को पुनरागमनले टोलीको मनोबल उच्च रहेको धारणा पनि प्रशिक्षक थापाले व्यक्त गरे । गत भदौमा घरेलु मैदानमा भएको साफका क्रममा अस्वस्थताका कारण उनले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन् । 

यसैगरी चोटपछि नेपाली टोलीकी अर्की महत्त्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन् । गीता भारतसँगको दुई मैत्रीपूर्ण खेलका क्रममा घाइते भएकी थिइन् । प्रिती भने घुँडाको सफल शल्यक्रियापछि टोलीमा फर्किएकी हुन् । 

टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफुहरुले कमजोर रुपमा नहेरेको बताइन् । नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३(१ गोलले पराजित भएको थियो । 

साफ जित्ने टोलीकी स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन भने अहिले बंगलादेशी टोलीमा छैनन् । बंगालदेशका मुख्य प्रशिक्षक मोहबुबुर रहमान लिटुलेसाफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भए पनि बलियो टोली रहेको प्रतिक्रिया दिए । टोलीकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफूहरूको टोलीमा धेरै फरक रहेको बताइन् । 

नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal