(Friday , 10 May,2024)

एसियाडमा सहभागी हुने खेलाडीलाई एन्टी डोपिङ सम्बन्धि तालिम

author

Anonymous

Image 1

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीन दिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सुरु भएको हो ।

एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिने छ । सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यक्ता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गर्ने औषधि, वाडाको नियमलगायतका विषयमा जानकारी गराइने छ ।

दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा। ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा। नविसमानसिंह प्रधान र विज्ञ डा। सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिनेछन् ।

कार्यक्रमको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरे । सोही अवसरमा खेलकुदमन्त्री लिम्बूले १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गरेका थिए । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal