(Friday , 10 May,2024)

तेस्रो टेस्टमा इंग्ल्याण्डको रोमाञ्चक जीत

author

Anonymous

Image 1

हेडिङ्ले । एसेज टेस्ट शृङ्खलाको तेस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको छ । जीतसँगै इंग्ल्याण्डले शृङ्खला २–१ को स्थितिमा ल्याउन सफल भएको छ ।

अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ५१ रनका लक्ष्य इंग्ल्याण्डले ५० ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको थियो । मिचेल स्टार्कले ५ विकेट लिँदै इंग्ल्याण्डलाई दबाबमा राखे पनि ह्यारी ब्रुकको ७५ तथा क्रिस वोक्सको नटआउट रहँदै ३२ रनको मद्दतले टोलीले सहजै लक्ष्य भेट्यायो । बेन डकेटले २३ तथा जो रुटले २१ रनको योगदान दिए ।

यसअघि अस्ट्रेलियाले पहिलो पालीमा २ सय ६३ रन बनाएको थियो भने दोस्रो पालीमा भने २ सय २४ रनमा सीमित बनेको थियो । इंग्ल्याण्डले भने पहिलो पालीमा २ सय ३७ रन बनाएको थियो । खेलमा कूल ७ विकेट लिएका मार्क वुड प्लेयर अफ द म्याच घोषित भए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal