(Friday , 10 May,2024)

रोहितको कप्तानी इमर्जिङ कपका लागि टोली घोषणा

author

Anonymous

Image 1

 

काठमाडौं । १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि क्यानले १६ सदस्यिय टिमको घोषणा गरेको छ । 

रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो । 

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् । 

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । 

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ । 

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । 

२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal