(Friday , 10 May,2024)

एमबाप्पेलाई पीएसजीको 'अल्टिमेटम'

author

Anonymous

Image 1

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फरवार्ड केलियन एमबाप्पेलाई अल्टिमेटम दिएको छ । 

उसले एमबाप्पेलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न वा यस समर ट्रान्सफरमा क्लब छाड्नका लागि तयार हुन भनेको हो । रिपोर्टका अनुसार योसँगै उसले एमबाप्पेमाथि २ सय मिलियन युरोको मुल्य समेत लगाएको छ ।

पीएसजी समकालिन फुटबलका सबैभन्दा ठुला स्टार एमबाप्पेलाई अर्को वर्ष निशुल्क छाड्न चाहदैन । र यस महिनाको अन्तिमसम्म सम्झौता नविकरणका लागि समय दिएको छ । यदी एम्बाप्पे सम्झौता नविकरणका लागि तयार नभएको खण्डमा २ सय मिलियन युरोको मुल्य समेत तयार गरेको छ ।

एमबाप्पेले पीएसजीसँग सम्झौता नविकरण गर्न मानिरहेका छैनन् । उनी वर्तमान सम्झौतामा समेत बस्न तयार छैनन् ।

उनको पीएसजीसँगको सम्झौता अर्को वर्ष सकिदैछ । एमबाप्पे अनुबन्धका लागि रियल मड्रिडले लामो समयदेखि कोशिश गरिरहेको थियो । तर उनले यसै सिजन बोरुसिया डर्टमण्डबाट जुड बेलिङ्गहमलाई सय मिलियन युरोभन्दा धेरै मुल्यमा अनुबन्ध गरेको छ । 

रिपोर्टका अनुसार रियल मड्रिडले फ्रान्सेली फरवार्डलाई अनुबन्धन गर्न चाहेको छ । सोही कारण उसले टोटेनहमका फरवार्ड ह्यारी केन ल्याउने छलफललाई बिट मारिसकेको छ । मुख्य फरवार्ड करिम बेन्जिमा साउदी क्लब लागेपछि रियल उत्कृष्ट फरवार्डको खोजीमा छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal