(Friday , 10 May,2024)

सानदार जितसँगै नेदरल्यान्ड्स विश्वकपमा

author

Anonymous

Image 1

काठमाडौं । बास डि लिडेको सानदार अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।

स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । 

त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित अविजित ३३ रन बनाए । 

विक्रमजित सिंह ४९ बलमा ६ चौकाको सहयोगमा ४० रन बनाए । वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए । 

कप्तान स्कट एडवार्ड्सले २३ बलमा ३ चौकासहित २५ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो । 

स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय ६ रन बनाए । ओडिआई करियर दोस्रो शतक म्याकमुलनले १ सय ६ बलमा पूरा गरेका थिए । 

कप्तान रिचि बेरिंग्टनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा ५ चौकाको सहयोगमा अविजित ३८ रन बनाए । 

ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । क्रिस ग्रेभ्सले १५ बलमा १८ रन बनाए। 

नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए । रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal