(Friday , 10 May,2024)

एनभीए क्लब लिग भलिबलको खेल तालिका सार्वजनीक

author

Anonymous

Image 1

काठमाडौं । सातौं संस्करणको एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिताको खेल तालिका सार्वजनीक भएको छ । आयोजक नेपाल भलिबल संघले बिहीबार महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनीक गरेको हो ।

महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम खेल्नेछन् । पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको छ ।

असार २३ गते सुरु हुने प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषमा त्रिभुवन आर्मी र शैलुङ्ग बागढुङ्गा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

असार ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले मुख्य सहयोग गरेको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५-३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५-१५ हजार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal