(Friday , 10 May,2024)

खेलकुदमा नयाँ ‘वार’, सदस्य सचिवको बचाउमा कोईराला

author

Anonymous

Image 1

काठमाडौं । खेलकुदमा माओवादी र कांग्रेसको नयाँ ‘वार’ सुरु भएको छ । विभागीय मन्त्रीमा कांग्रेसको नियुक्तिसँगै कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ माओवादीविरुद्ध खनिन सुरु गरेको छ । कांग्रेसबाट नियुक्त भएका युवा तथा खेलकुद मन्त्री डिगबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाउनेदेखि पत्रकार सम्मेलन गरेर राखेप सदस्य सचिवको राजीनामा माग्न थालिएको छ ।

अरु समय प्राय निष्कृय रहने, तर खेलकुद मन्त्रालय पाटीले लिएपछि चलखेलमा लाग्ने परिपाटी घरेलु खेलकुदमा नौलो हैन । युवा तथा खेलकुद मन्त्रालयमा कांग्रेसका डिगबहादुर गुरुङ नयाँ मन्त्री बनेर आएका छन् । खेलकुदको प्रशासनीक केन्द्र राखेपमा माओवादीबाट नियुक्ति लिएर सदस्य सचिवमा टंकलाल घिसिङ बसेका छन् । उनै सदस्य सचिवको राजीनामा माग्दै कांग्रेसको भातृ संगठनका अध्यक्ष देबेन्द्र कुमार शेरचनले ज्ञापन पत्र बुझाउनेदेखि पत्रकार सम्मेलन गरेर राजीनामा माग्न सुरु गरेका छन् । 

सुरुवातमा उनले खेलकुद मन्त्रीलाई भेटर सदस्य सचिवको बर्खास्त गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसपछि केही कांग्रेसी नेताको घरदैलो पुगेर मन्त्रालयमा मात्र नभएर राखेप समेत कांग्रेसले लिनुपर्ने सुझाएका थिए । उनले खेलकुदमा प्रभाव राख्ने केही कांग्रेसी नेतालाई भेटर कुन पद लिने भनेर इच्छा समेत बुझेका थिए । 

केन्द्रमा कांग्रेस माओवादीको गठबन्धन सरकार छ । खेलकुदमा मन्त्री कांग्रेसको र राखेपमा माओवादीबाट नियुक्ति पदाधिकारी छन् । कांग्रेस निकट भातृ संगठनले सदस्य सचिवविरुद्ध ‘वार’ छेडेर मन्त्रालय र राखेपको दुरी बढाउन सुरु गरेको छ । यसले खेलकुदमा नयाँ द्धन्दमात्र सिर्जना गर्नेछैन, आसन्न एसियन गेम्सको तयारीमा समेत प्रभाव पार्ने देखिन्छ । केन्द्र र प्रदेशमा मिलिजुली सरकार बनाएका कांग्रेस–माओवादी खेलकुदमा भने टकरावको अवस्थामा देखिन्छन् । 

कांग्रेसले खेलकुदमा नयाँ वार सुरु गरेपछि राखेपमा रहेको माओवादी नेतृत्व एकजुट देखिएको छ । पछिल्लो समय सदस्य सचिवसँग रुष्ट रहदै आएका उपाध्यक्ष शिव कोईराला उनैको प्रतिरक्षामा उत्रिएका छन् । कोईराला माओवादी भाृत संगठन अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष हुन् । उनले समाजिक सञ्जालमा सदस्य सचिवको बचाउ गर्दै अभिब्यक्तिनै दिएका छन् । ‘पाएको पनि गुम्ला, औलो दिएको छ । डुडुल्नो निल्न खोज्नु हुदैन, प्रिय गठबन्धन’ भन्दै उनले कांग्रेसी नेताको पछिल्लो कदलाई चेतावनी शैलीमा ब्यङ्गे गरेका छन् । 

कांग्रेसी नेताको निशानामा सदस्य सचिव देखिएपनि सारमा सबैको नजर उपाध्यक्ष पदमा छ । सदस्य सचिवमा माओवादी भएकाले उपाध्यक्ष पद कांग्रेसले लिनुपर्ने लबिङ कांग्रेसी नेताहरुको छ । गठबन्धन सरकारले भएकाले गठबन्धनमा सहभागी दलका राजनीतिक नियुक्तिलाई नचलाउने शीर्ष नेताबीच करिब करिब एक किसिमको सहमती जस्तै छ । सोही कारण राखेपको सदस्य सचिवको नियुक्तिलाई तत्काल हटाउन नसकिने बारे कांग्रेसका खेलकुद नेता जानकार छन् । सदस्य सचिव बर्खास्तीको दबाब बढाएर उपाध्यक्ष पदमा बार्गेनिङ गरिरहेको कांग्रेसनै नेता स्विकार गर्छन् । 

‘अहिले सदस्य सचिव हटाएपनि मन्त्रीले आफु निकटकै मान्छे राख्ने हुन् । आन्दोलन गरेपनि अवसर पाउने त हैन । तर सन्तुलन पनि देखिने र सेरोमोनियल जस्तो उपाध्यक्ष पदमा दाबी गर्न मिल्ने भएकाले साथीहरुको कोशिश देखिन्छ ।’ कांग्रेसका एक नेताले भने । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal