(Friday , 10 May,2024)

मलेसियालाई हराउदै नेपाल च्याम्पियन

author

Anonymous

Image 1

काठमाडौं । शीर्षक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेर उपाधी जितेको छ । 

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २१ रनको सानदार जित दर्ता गरेको हो ।


नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो। 

मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १र१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोईरालाले २३ बलमा १८ रन बनाए । 

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्वपर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन । पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए । 

सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे । अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए । 

मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १र१ विकेट लिए । 

नेपाल अपराजित रुपमा उपाधी विजेता भएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal