(Friday , 10 May,2024)

ओमान र नेदरल्यान्ड्स भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज सोमबार सुपर सिक्सको पाँचौ खेल हुदैछ । 

सुपर सिक्सको पाँचौ खेलमा ओमान र नेदरल्यान्ड्स भिड्दै छन् । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ । 

नेदरल्यान्ड्स नेपाल रहेको समूह एमा दोस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । ओमान भने समूह बीको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो । 

सुपर सिक्समा दोस्रो खेल खेल्दै गरेका दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । ओमान जिम्बावेसँग पराजित हुँदा नेदरल्यान्डस् पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । नेदरल्यान्ड्सलाई विश्वकपमा छनोटको सम्भावना कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।

आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ । यसअघि ओमान र वेस्ट इन्डिज विश्वकप छनोटको दौडबाट बाहिरिसकेका छन् । श्रीलंका भने एक खेल अगावै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

विश्वकप छनोटको सम्भावना सकिसकेको ओमान नेदरल्यान्ड्सको आगामी यात्रा रोक्न चाहन्छ । विश्वकप छनोटका लागि एक स्थान बाँकी रहँदा जिम्बावे, स्कटल्यान्ड र नेदरल्यान्ड्स दौडमा रहेका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal