(Friday , 10 May,2024)

साफ च्याम्पियनसिपको उपाधिका लागि कुवेत र भारत भिड्ने

author

Anonymous

Image 1

१७ असार, काठमाडौं । साफ च्याम्पियनसिप-२०२३ को उपाधिका लागि भारत र कुवेत भिड्ने भएका छन् ।

लेबनानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै घरेलु टोली भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतले लेबनालाई पेनाल्टीमा ४-२ ले हरायो । साफअघि इन्टरकन्टिनेन्टल कपको फाइनलमा भारतले लेबनानलाई हराएर उपाधि जितेको थियो ।

भारतले उपाधिकार लागि मंगलबार आमन्त्रित टोली कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई अतिरिक्त समयमा १-० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारत र लेबनानको खेल भने निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोलरहित बराबरी हुँदा पेनाल्टीमा निर्णय भयो ।

भारतका लागि कप्तान सुनिल क्षेत्री, अनवर अली, आकाश मिश्र, उदान्त सिंहले गोल गरे ।

लेबनानका लागि वालिद साउर र मोहमद सादेकले मात्र गोल गरे । पहिलो पेनाल्टीका प्रहार गरेका कप्तान हसन मातोउकको प्रहार भारतीय गोलकिपर गुरप्रित सिंह सन्धुले बचाएका थिए । खालि बडेरको प्रहार भने पोष्टभन्दा बाहिर गयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal