(Friday , 10 May,2024)

क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ आज 

NepalNewsLine

NepalNewsLine

Image 1

११ असार, काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि सोमबारका लागि सुनुवाइ तोकिएको हो ।

वादी पक्षले क्षतिपूर्तीको लागि सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहत कोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थियो ।

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेको भएपनि अदालते अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । अदालतले पीडितको मानसिक र शारीरिक परीक्षण गर्ने चिकित्सकबाट अनुमानित के कति खर्च पर्न सक्छ भनेर प्रतिवेदन मगाएर अदालतमा पेश गर्नु भनी आदेश दिएको थियो ।

सन्दीपको मुद्दाको अन्तिम वहसको पेशी भने अहिले स्थगित छ । विश्वकप छनोट प्रतियोगिता खेल्न सन्दीपसहितको राष्ट्रिय क्रिकेट टोली अहिले जिम्बाब्वेमा रहेका कारण अन्तिम पेशी स्थगित गरिएको हो । सन्दीप नेपाल फर्किएपछि फाइनल बहसको पेशी तोकिने छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal