(Friday , 10 May,2024)

काभा पुरुष भलिबल : नेपाल र उज्वेकिस्तान भिड्दै

author

Anonymous

Image 1

काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्न लागेको हो । 

नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । नेपालले अघिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो । 

नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार बेहोरेको थियो भने तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो 

त्यस्तै शुक्रवार किर्गिस्तानको बी टोलीसँग पराजित हुँदै नेपालले पाँचौँ हार बेहोरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal