(Friday , 10 May,2024)

सन्दीपले आउट गरे किंगलाई

author

Anonymous

Image 1

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले ब्रान्डन किंगको विकेट लिएका हुन् । 

सन्दीपले नेपालको १५ दशमलब ३ ओभरमा किंगलाई आउट गराएका हुन् । किंग ४२ बलमा ३२ रन बनाउँदै आउट भएका हुन् । 

सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा किंगको विकेट लिएका हुन्  । करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए । 
गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए । 

वेस्ट इन्डिजले १५ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal