(Friday , 10 May,2024)

 साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित 

NepalNewsLine

NepalNewsLine

Image 1

 ६ असार, काठमाडौं - दक्षिण एशियाली फूटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औं पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भारतको काँतीराव स्टेडियममा बुधवार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जीतमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले १/१ गोल गरे ।

नेपालका लागि भने अन्जन विष्टले १ गोल फर्काए । खेलको २३औं मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई शुरूआती अग्रता दिलाएका थिए । खेलको ४२औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।

खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।

त्यसपछि खेलको ६८औं मिनेटमा नेपालका खेलाडी अन्जनले गोल गरे पनि नेपाल पराजित भयो । यस जीतसँगै कुवेतले ३ अंक जोडेको छ । साफ च्याम्पियनसिपमा विभिन्न ८ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् ।

अब नेपालले दोस्रो खेल शनिवार आयोजक भारतसँग खेल्नेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal