(Friday , 10 May,2024)

अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

NepalNewsLine

NepalNewsLine

Image 1

५ असार, काठमाडौं - आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई क्याच गराए ।

अमेरिकाले  १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal