(Friday , 10 May,2024)

नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा दिपक न्यौपाने निर्वाचित

NepalNewsLine

NepalNewsLine

Image 1

 ३ असार, काठमाडौं– नेपाल बेसबल तथा सफ्टबल संघको तेस्रो साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ। साधारण सभाले ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ।  

अध्यक्षमा दिपक न्यौपाने, वरिष्ठ अध्यक्षमा ई। प्रदिप कुमार खत्री, उपाध्यक्षहरुमा विपिन बज्रचार्य, नारायण घर्ति र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषध्यक्षमा उपेन्द्र विक्रम लामा निर्वाचित भएका छन्। 

यस्तै, सदस्यहरुमा तिलक ढुङगाना, रोशन थापा, शिव कुमार खड्का, हेमराज गिरी, सुनिता थापा, निरोज श्रेष्ठ, सुजना पौडेल खत्री, हिरा थपलिय, दिपेन्द्र कार्की र हरि धमला निर्वाचित भएका छन्। मनोनित गरिने पदहरुमध्ये उपाध्यक्षमा रमिता अधिकारी र सदस्यहरुमा ईश्वर थापा र रामकुमार खड्कालाई कार्यसमितिमा ल्याइएको छ।

राष्ट्रिय खेलकुद परिषद्ले यसअघि न्यौपानेको नेतृत्वमा नै तदर्थ समिति गठन गरी ३ महिनाभित्र विधानको मस्यौदा तयारी गरी साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न भनेको थियो। 

तदर्थ समितिले ६८ दिनभित्रै साधारण सभा तथा निर्वाचन सम्पन्न गरेको हो। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal