(Friday , 10 May,2024)

 ऐतिहासिक शतक बनाउन एक रनले चुके कुशल

NepalNewsLine

NepalNewsLine

Image 1

३ असार, काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका कुशल भुर्तेलले शतक पूरा गर्न एक रनले  चुकेका छन् ।

टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा नै भुर्तेलले शतक बनाउँनबाट भुर्तेल एक रनले पछि परेका हुन् । उनलाई विलियम्स माशाकाट्जाले आउट गराए ।

कुशलले ९५ बलमा १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाएर आउट भए । 

पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

नेपालले अहिले ३१ ओभरमा १ विकेट गुमाई १ सय ७२ रन बनाएको छ । क्रिजमा ओपनर आसिफ शेख र कुशल मल्ल रहेका छन् । 

शेखले ९८ बलमा ७ चौकाको सहयोगमा ६६ रन बनाएका छन् ।

हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको हो । र, नेपाललाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।  

नेपाल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा रहेको छ । उता, घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।

२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो ।

नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ । ४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal