(Friday , 10 May,2024)

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

author

Anonymous

Image 1

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार दुई वटा खेल रङ्गशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।  

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

 उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ । जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्री–स्टार क्लबबीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । 

रङ्गशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal