(Saturday , 11 May,2024)

नेपाललाई मलेसियाविरुद्धको सिरिज

author

Anonymous

Image 1

काठमाडौं । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ ।

घरेलु टोलीलाई ३ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३-२ ले जितेको हो । 

घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । 

नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् । 

नेपालले पहिलो ओभरमा ओपनर कविता कुँबरलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता रानामगर र ईन्दु बर्माले १५ रनको साझेदारी गरेका थिए । 

बर्माले ९ बलमा ५ रन बनाएकी थिइन् ।

सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । 

अप्सरी बेगम १५ रनमा अविजित रहँदा  ज्योती पान्डे ११ रनमा अविजित रहिन् । 

मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो ।

घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । 

विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् । 

नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् ।

पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो ।

तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal