(Friday , 10 May,2024)

राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रीका प्रस्थान

author

Anonymous

Image 1

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रीका प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको जनाएको छ ।

तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका गएका छैनन् ।

उनीविरुद्धको बलात्कार मुद्दाको फैसला नभएको कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन्  ।  

नेपालले दक्षिण अफ्रीकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छन् । 

नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छन् ।

जिम्बावेमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । 

दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन र असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन र असार ९ मा खेल्नेछ । 

समूह बी मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् । 

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आ(आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal