(Friday , 10 May,2024)

गुजरातलाई हराउँदै चेन्नाइले जित्यो आईपीएलको उपाधि

author

Anonymous

Image 1

१६ जेठ, काठमाडौं । गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । 
चेन्नाइको यो पाँचौं उपाधि हो ।
२१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।

पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो ।
पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र पाँच विकेटले विजयी भयो ।

यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal