(Friday , 10 May,2024)

खुमलटारले हिमालयन शेर्पालाई हरायो

author

Anonymous

Image 1

सोमबार दशरथ रंशगालामा भएको खेलमा खुमलटारले २-१ गोलको जित निकालेको हो। 

शेर्पाले अग्रता लिएपछि खुमलटारले दुई गोल फर्काउन सफल भयो। शेर्पाका लागि म्यानुयल नानाले छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। 

१७ मिनेटमा खुमलटारका मेसउकेले गोल गरेपछि खेल १-१ गोलको बराबरीमा आयो। यद्यपी उनले दोस्रो हाफमा पाएको पेनाल्टी मिस गरेका थिए। उनको पेनाल्टीलाई शेर्पाका किशोर गिरीले बचाउ गरेका थिए।

७६ मिनेटमा स्टेफिङ बिनोङले गोल गर्दै खुमलटारलाई २-१ गोलले अघि बढाए। 


जितसँगै अंक तालिकाको पुछारमा रहेको खुमलटारले २२ खेलबाट २४ अंक जोडेको छ। शेर्पा २९ अंकसहित सातौं स्थानमा छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal