(Friday , 10 May,2024)

पहिलो टी-२० मा नेपाल महिला टिम मलेसिया सँग ५ विकेटले पराजित

author

Anonymous

Image 1

१५ जेठ, काठमाडौं । पहिलो टी(२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३।२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । 
नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २(२ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६।५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । 
नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal