(Friday , 10 May,2024)

‘अन्तिम’ खेलमा बार्साको सहज जीत

author

Anonymous

Image 1

क्याम्प नाउ । बार्सिलोनाले सन् २०२४ को नोभेम्बरसम्म क्याम्प नाउको अन्तिम खेलमा मायोर्काविरुद्ध ३–० को सहज जीत हासिल गरेको छ । रंगशालाको पुनर्निर्माणका लागि ला लिगा विजेता टोलीले केही समय ओलम्पिक स्टेडियमलाई आफ्नो घरेलु मैदान बनाउनेछ । टोली सन् २०२४–२५ सिजनमा आफ्नो पुरानै स्टेडियममा फर्किने बताइएको छ ।

बार्सिलोनाले खेलको पहिलो मिनेटमा नै अन्सु फातीको गोलको मद्दतले अग्रता लिएको थियो । मायोर्काका अमाथ एनडियायेले १३ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्साका लागि झन् सहज भयो । लगत्तै फातीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे

खेलमा यस सिजनको अन्त्यबाट क्लब छाड्न लागेका सर्जियो बुस्केट र जोर्डी आल्बालाई बिदाइ गरिएको थियो । आइतबार नै भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले चौथो स्थानमा रहेको रियल सोसिडाडलाई २–१ गोलले हरायो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal