(Friday , 10 May,2024)

'ए' डिभिजन लिग : आज दुई खेल हुँदै

author

Anonymous

Image 1

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।


पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पुलिस आज आठौं जितको योजनामा हुनेछ । पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

खुमलटार सातौं जितको खोजीमा हुनेछ । खुमलटार २० खेलमा २१ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज सातौं जितको योजनामा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जितको योजनामा रहेको छ । थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal