(Friday , 10 May,2024)

मेस्सीले तोडे रोनाल्डोको रेकर्ड

author

Anonymous

Image 1

पेरिस । 
लियोनेल मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल भएका छन् । शनिबार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्न सफल भएका हुन् ।

खेलको ५९ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल थिए । यो युरोपका शीर्ष ५ लिगमा उनको ४ सय ९६ औँ गोल थियो । योसँगै उनले रोनाल्डोको ४ सय ९५ को रेकर्डलाई पछि पारे ।

खेलमा पीएसजी १–१ को बराबरीमा रोकिएको थियो । बराबरीमा बाबजुद टोलीले रेकर्ड ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ ।

यो सिजन लिगमा मेस्सीले १६ गोल गर्नुका साथै १६ वटा गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको कूल ३२ औँ गोल थियो । 
उनले यो सिजनको अन्त्यमा क्लब छाड्ने चर्चा रहेको छ 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal