(Friday , 10 May,2024)

अर्को वर्ष आईपीएल खेल्ने बारे के भन्छन् धोनी ?

NepalNewsLine

NepalNewsLine

Image 1

गुजरात टाइटन्सलाई हराउँदै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । चेन्नई फाइनलमा पुगेसँगै कप्तान महेन्द्र सिंह धोनीको भविष्यबारे विभिन्न अड्कलबाजी सुरु भएको छ । 
मंगलबार राति चेपाक मैदान पुरै पहेँलो रंगले भरिएको थियो । पटक–पटक स्टेडियममा ‘धोनी–धोनी’ को नाम गुञ्जिएको थियो । अब टोलीलाई फाइनलमा पुर्‍याएपछि धोनीले सन्यास लिने आकलन गरिएको छ । 
कमेन्टेटर हर्ष भोगललेले धोनीलाई प्रश्न तेर्स्याए, ‘के तपाईं फेरि यहाँ आएर खेल्नुहुन्छ रु’ धोनीले मुस्कुराउँदै जवाफ दिए, ‘मलाई थाहा छैन । मसँग यो निर्णय लिन आठ–नौ महिना छ । डिसेम्बरमा एउटा अक्सन हुन्छ । त्यसबारे अहिलेदेखि नै टाउको किन दुखाउने रु तर, एउटा कुरा स्पष्ट गर्न चाहन्छु, चाहे म खेलाडीको रूपमा रहूँ या अन्य कुनै रूपमा रहूँ, त्यो मलाई थाहा छैन तर जे भए पनि म चेन्नईसँग रहन्छु ।’
‘म ३१ जनवरीदेखि घरभन्दा बाहिर छु । २–३ मार्चदेखि अभ्यास गरिरहेको छ । अहिले मसँग धेरै समय छ यो निर्णय लिनका लागि ।’

यसअघि यो सिजनको ४५ औँ खेलमा ड्यानी मोरिसनले पनि धोनीलाई सन्यासबारे प्रश्न गरेका थिए । मोरिसनले सोधेका थिए, ‘अन्तिम सिजनमा तपाईंलाई हरेक मैदानमा समर्थन प्राप्त भइरहेको छ । तपाईं कस्तो लागि रहेको छ रु’

त्यसको जवाफमा धोनीले भनेका थिए, ‘भनेपछि तपाईंले मेरो अन्तिम सिजन भनेर तय गर्नुभयो रु’ त्यसपछि मोरिसनले ‘भनेपछि तपाईं अर्को सिजन पनि आउनुहुन्छ रु’ भन्दै स्टेडियतर्फ फर्केर दर्शकलाई ‘धोनी अर्को वर्ष पनि आउनुहुन्छ’ भनेका थिए । धोनी भने मुस्कुराउँदै त्यहाँबाट बिदा भएका थिए ।

धोनीका लागि यो प्रश्न नयाँ भने होइन । सन् २०२० देखि नै धोनीले यो प्रश्नको सामना गर्दैछन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal