(Friday , 10 May,2024)

मुम्बई र बेंगलोरको हारको प्रतीक्षामा राजस्थान

NepalNewsLine

NepalNewsLine

Image 1

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम प्लेअफमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धाछ । आज आइपिएलका लिगका अन्तिम दुई खेल हुँदैछन् । जसबाट अन्तिम चारमा पर्ने एक टोलीको टुङ्गो लाग्नेछ ।

गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । उता लखनऊ सुपर जायन्ट्सले तेस्रो स्थानमा अन्त्य गरेको छ । चौथो स्थानमा रहँदै प्लेअफ खेल्न राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम चारमा स्थान बनाउने टोलीले एलिमिनेटरमा लखनऊसँग खेल्नेछ ।

मुम्बईले आज पहिलो खेलमा सनराइजर्स हैदराबादसँग घरेलु मैदान वानखडे रंगाशालामा खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोड्दै छैटौं स्थानमा छ । मुम्बई आजको खेलमा विजयी हुँदा १६ अंकमा पुग्नेछ । तर उता आजनै १४ अंक भएको रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्ससँग खेल्दैछ । गुजरात र बेंगलोरबीचको खेल साँझ बेंगलोरको घरेलु मैदानमा हुनेछ ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ चौथो स्थानमा छ । मुम्बई आजको खेलमा पराजित भएको खण्डमा प्लेअफ दौडबाट बाहिरिने पक्का छ । किनभने मुम्बईको भन्दा राजस्थानको नेटरनरेट राम्रो छ । मुम्बईको नेटरनरेट माइनस ०.१२८ छ । राजस्थान १४ खेलमा ७ मा जित र ७ मा हारका साथ १४ अंक जोड्दै पाँचौं स्थानमा छ । राजस्थानको नेटरनरेट प्लस ०.१४८ छ ।

बेंगलोरको नेटरनरेट प्लस ०.१८० छ । बेंगलोर र मुम्बई आजको दुबै खेलमा पराजित हुँदा राजस्थान अन्तिम चारमा रहँदै प्लेअफ खेल्ने उच्च सम्भावना रहन्छ । मुम्बई र बेंगलोर पराजित हुँदा तीनै टोलीको समान १४ अंक हुन्छ । मुम्बईको पहिला नै नेटरनरेट माइनस हुँदा स्वत बाहिरिनेछ । जसमा बेंगलोर र राजस्थानमा नेटरनरेटमा माथि रहने टोली प्लेअफमा जानेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal