(Saturday , 11 May,2024)

साफ च्याम्पियनशिप ड्र स् नेपाल र भारत एउटै समूहमा

NepalNewsLine

NepalNewsLine

Image 1

३ जेठ , काठमाण्डौ – दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिपको समूह चरणको ड्र सार्वजनिक भएको छ ।

बुधवार सार्वजनिक भएको ड्र अनुसार नेपाल र भारत एउटै समूहमा परेका छन् । समूह ए मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह बी  मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

साफ च्याम्पियनशिप आउँदो असार ६ देखि १८ गतेसम्म भारतमा हुनेछ । नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो ।

फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का रहेको छैन । यो संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्ने छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal