(Friday , 10 May,2024)

क्यानविरूद्धको मुद्दा फिर्ता भएसँगै इपिएल आयोजना गर्ने बाटो खुल्यो

NepalNewsLine

NepalNewsLine

Image 1

२ जेठ, काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता भएको छ। 

इपिएलका संस्थापक आमिर अख्तरले मुद्दा फिर्ता लिएको जानकारी दिए। 

यसअघि क्यानले नेपाल टी-२० लिग आयोजना गर्नु अघि इपिएल लगायतका अरू लिगलाई क्षेत्रीय मात्र मान्यता दिन भने सकिने बताएपछि इपिएलले मुद्दा दायर गरेको थियो। 

सो मुद्दाको अन्तिम सुनुवाइ नहुँदै नेपाल टी-२० लिग आयोजना भएको थियो। तर लिगमा फिक्सिङ भएको पुष्टि भएको थियो। यस्तै ऐन सम्झौता भयो ।  राष्ट्रिय खेलकुद परिषदले बताएपछि नेपाल टी-२० लिग विवादित बनेको थियो। 

जसका कारण क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरेको सम्झौता रद्द गर्न बाध्य बनेको थियो। 
गत फागुनमा बसेको क्यानको साधारणसभाले भारतीय कम्पनीसँगको सम्झौता रद्द भएकाले इपिएललाई मुद्दा फिर्ता लिन अनुरोध गरेको थियो। 

मुद्दा फिर्ता भएपछि आपसी सहमतीमा इपिएल संचालनका लागि बोर्ड बैठकबाटआवश्यक निर्णय गरिने क्यानले उल्लेख गरेको थियो। यससँगै इपिएल आयोजनाका लागि बाटो खुलेको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal