(Saturday , 11 May,2024)

इंगलिस प्रिमियर लिगमा न्युकासललाई हराउँदै आर्सनलले अंक दूरी घटायो

NepalNewsLine

NepalNewsLine

Image 1

इंगलिस प्रिमियर लिगमा उपाधि होडमा रहेको आर्सनल विजयी हुँदा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले घरेलु टोली न्युकासल युनाइटेडलाई २–० ले हरायो । यो जितसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी एकमा झार्न सफल भयो । न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले जर्गिन्होको पासमा १४औं मिनेटमा एक गोल गर्दा ७१ औं मिनेटमा अर्को एक गोल उपहार पाएको थियो । ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो । यो जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक जोड्न सफल भयो । आर्सनलभन्दा एक खेल कम खेलेको सिटी भने ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ । हारपछि न्युकासल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमै छ । अब लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ । आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १–० ले पराजित भएको छ । वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो । यो हारले युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ भने ३५ खेलबाट ३७ अंक जोडेको वेष्टहाम १५ औं स्थानमा छ 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal