(Friday , 10 May,2024)

आईपीएल क्रिकेटमा दिल्लीको जित र शीर्ष स्थानको गुजरात ५ रनले पराजित

NepalNewsLine

NepalNewsLine

Image 1

२३ वैशाख, काठमाडौं - आईपीएल क्रिकेटमा दिल्लीको जित र शीर्ष स्थानको गुजरात ५ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले हराउँदै रोमान्चक जित निकालेको छ । अंकतालिकामा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरातलाई पराजित गरी तेस्रो जितका साथ प्लेअफ सम्भावना पनि कायमै राखेको छ ।

जितका लागि १ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान हार्दिक पान्ड्या सर्वाधिक ५९ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । अभिनव मनोहर २६ रनमा आउट भए । गुजरातका ओपनर ऋद्धिमान शाह र डेविड मिलर डक आउट भए । दिल्लीका ईशान्त शर्मा र खलिल अहमदले समान २ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दिल्लीका अमन खानले सर्वाधिक ५१ रन बनाए । खान बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । गुजरातका मोहम्मद शामीले ४ विकेट लिए । त्यस्तै मोहित शर्माले २ विकेट लिए ।

दिल्ली ९ खेलमा ३ मा जितसहित पुछारमै छ । समान खेलमा ६ जितका साथ गुजरात शीर्ष स्थानमा छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal