(Friday , 10 May,2024)

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

NepalNewsLine

NepalNewsLine

Image 1


२३ वैशाख, काठमाडौं -  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ (कोरोना भाइरस) ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ’स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

यो घोषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएको छ । यद्यपि धेरै देशले यसअघि नै कोरोना महामारी सकिएको घोषणा गरिसकेका छन् ।

सन् २०२१ को जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना कोरोना सङ्क्रमितको ज्यान जाने गरेकोमा यो संख्या अहिले तीन हजार पाँच सय जनामा झरेको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताउनुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal