(Friday , 10 May,2024)

विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु, भारत, भुटान र नेपालका ९ टिम सहभागी

NepalNewsLine

NepalNewsLine

Image 1

२२ वैशाख, विराटनगर - विराटनगरमा खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित कभर्ड हलमा शुक्रबार सुरु भएको प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

प्रतियोगितामा नेपालसहति भारत र भुटानका खेलाडी सहभागी रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए । प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदक प्रतिस्पर्धमा १९ तौल समूहमा खेलहरु भइरहेको छ ।

उक्त प्रतियोगिताको उदघाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले गरे । उनले खेलकुद क्षेत्रको विकामा सबै लाग्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा बजेट विनियोजन गुर्नपर्ने उनले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal