(Friday , 10 May,2024)

इन्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाता विजयी

NepalNewsLine

NepalNewsLine

Image 1

२२ वैशाख, काठमाडौं - इन्डियन प्रिमियर लिग क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ रनले हराउँदै कोलकाता विजयी भएको हो ।

गएराति भएको खेलमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबाद ८ विकेटको क्षतिमा १६६ रनमै समेटियो । हैदराबादका लागि कप्तान एडन मारकरमले सर्वाधिक ४१ रन बनाए ।

हेनरिक क्लासेनले ३६, अब्दुल सामदले २१, राहुल त्रिपाठीले २० र मयंक अग्रवालले १८ रन बनाए । कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले दुई÷दुई विकेट लिए भने वरुण चक्रवर्ती, अंकुल रोय, अन्द्रे रुसेल र हर्शित रानाले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलकाताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए भने क्याप्टेन नितिश रानाले ४२ रन बनाए । यस्तै, आन्द्रे रुसेलले २४, ज्यासन रोयले २० र अन्कुल रोयले १३ रन जोडे ।

हैदराबादका लागि मार्काे जनसेन र टी नटराजनले दुई÷दुई विकेट लिए भने मयंक मरकान्डे, अडिन मारकरम, भुवनेश्वर कुमार र कार्तिक ट्यागीले एक÷एक विकेट लिए । जितसँगै कोलकाता दश खेलमा चार जित र ६ हारका साथ आठौँ स्थानमा रहेको छ । हैदराबाद ९ खेलमा ३ जित र ६ हारकासाथ अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal