(Friday , 10 May,2024)

नेपाल च्याम्पियन बन्दा कीर्तिपुरमा उल्लास

NepalNewsLine

NepalNewsLine

Image 1


१९ वैशाख, काठमाडौं - एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा उल्लास छाएको छ ।

वर्षाले प्रभावित भएको खेल पर्खिरहेका हजारौं दर्शकले दुई दिनको फाइनल खेलपछि विजय उत्सव मनाएका छन् ।
सोमबार वर्षाका कारण दुई पटक खेल रोकिएको थियो । सोही खेल आज बिहानदेखि सुरु भएर सकिएको हो ।

यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३० ।३ ओभरमा तीन विकेट गुमाएर भेटाएको हो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal