(Saturday , 14 June,2025)

२ वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले गरे माउन्टेन फ्लाइट

NepalNewsLine

NepalNewsLine

Image 1

२१ असोज, काठमाडौं - एकै पटक दुई वटा विमान चार्टर्ड गरेर भारतीय पर्यटकले नेपालमा माउन्टेन फ्लाइट गरेका छन् ।

शनिबार भारतको एकप्स सिस्टम इन्डिया प्रालिका ८० कर्मचारीले २ वटा विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइट गरेका हुन् ।

उनीहरुले यती एयरलाइन्सको एटीआर ७२ विमान चाटर्ड गरेका थिए ।

काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा यूएईमा रहेको एकप्सको विभिन्न कार्यालयबाट आएका भारतीय नागरिकहरुले माउन्टेन फ्लाइट गरेका हुन् ।

उनीहरुले सगरमाथासहितका क्षेत्रको फ्लाइट गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal