१९ भाद्र, काठमाण्डौ - नेपाल पर्यटक यातायात व्यवसायी संघको २० औ साधारण सभा भदौ १९ मा हुदैछ । संघको सभामा यसपटक केन्द्रीय कार्यसमितिको आसन्न चुनाव समेत हुनेछ । चुनाबमा शनिबार घोषित बेदराज बाँस्तोला नेतृत्वको प्यानलबाट थाहा नगरका अरुण मोक्तान सचिब पदका उमेदवार चुनिएका छन् ।
आज सचिब पदमा अरुण मोक्तानलाइ अघि सार्दै बास्तोला समुहको पुर्ण प्यानल सार्वजनिक गरिएको छ । बाँस्तोला प्यानललाई पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा तथा पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोलेको समर्थन रहेको छ ।
साधारण सभाबाट चुनिने नेतृत्वका लागि बाँस्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत मैदानमा उत्रने भएका छन् ।
त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले सोही प्यानलबाट सदस्य पदमा दाबेदारी पेश गरेका छन् ।
संघको नयाँ नेतृत्वका लागि यही भदौ १९ गते चुनावको कार्यक्रम तय गरिएको छ । संघको साधारण सभा भने भदौ २२ गते सम्पन्न हुनेछ ।
प्रतिक्रिया