(Sunday , 12 May,2024)

सुनचाँदीको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँले बढ्यो

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । पुसको पहिलो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक सातामा तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १९ हजार २५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सुन तोलामा ८ सय र चाँदी ५ रुपैयाँले महँगो हो ।

तर, एक साताको बजार मूल्य विश्लेषण गर्दा साता भरीमा सुनको मूल्य तोलामा एक लाख १७ हजार ८ सय रुपैयाँबाट बढेर एक लाख १९ हजार ८ सय रुपैयाँ कायम भयो भने चाँदीको मूल्य तोलामा एक हजार ४ सय ५५ रुपैयाँबाट बढेर एक हजार ४८५ रुपैयाँ पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा भने यो साता सुनको ३.९७ डलर प्रतिऔंषले घटेर २ हजार ४८.६२ अमेरकी डलर प्रतिऔंष कायम भयो । यस्तै चाँदीको मूल्य प्रतिऔंष ०.५२ प्रतिशतले घट्यो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal